लेन्डुप दोर्जे को थिए ? किन उसलाई राष्ट्रघाती, देश दोह्री भनिन्छ।




हामी स्वाभिमानी नेपालीले बुझ्नै पर्ने एउटा राजनितिक चलखेलले गर्दा कसरी सिक्किम भारतमा विलय भयो भन्ने ईतिहास बुझ्न  जरुर छ। अहिले हाम्रो भुमी भारतले मिचेको   भारतले एकतर्फी बाटो वनाएको जुन भुमी नेपालको होत्यसकोबिरोधमा नेपाल सरकारले गरि सकेको  भने नयाॅं नक्सा पनि जारी गरि सकेको अवस्था  तर यस निषकर्ष कसरी हुन्छ भन्नेमा सबै नेपाली अन्योलमा छन्  नेपाली काग्रेस पनि यो विषयमा सरकारसॅंग एक मत  तर केहि नाम मात्रका पाटी जसले एक सिट मात्र जितेको  उसले विरोध गर्दै भारलाई जिस्काउन नहुने भनेर बोल्दै  जुन पाटी राष्ट्रघाती हुन भन्नेमा कसैको  दुईमत छैन् जसले नेपाललाई सिक्कीम बनाउन खोज्दै लेन्डुप दर्जेक भुमीका खेल्दै छ भन्ने लागेको छ। तेसो भए को थिए त लेन्डुप दोर्जे? के लेन्डुप दोर्जेले स्वातन्त्र राष्ट्र सिक्किम भारतलाई सुम्पे तर कसरी तल पढ्नुस्:-  

जबजब नेपालमा छिमेकीको हस्तक्षेप वढ्दै जान्छ  नेपाली शासक विदेशीसामु लम्पसार पर्न खोज्छन तबतब नेपालमालेण्डुप दोर्जेको चर्चा निकै चुलिन्छ त्यतिवेला हाम्रा ति नेतालाई लेन्डुप दोर्जे सॅंग तुलना गरिन्छ। आखिर लेण्डुप दोर्जे कोथिए ? उनी यसरी राजनीतिक रुपमा निक बद्नाम छन् ? भन्ने धेरैलाई थाहा नहुन सक्छ 
लेण्डुप दोर्जे नेपाली थिएनन् : लेण्डुप दोर्जे नेपाली थिएनन्  उनी स्वतन्त्र राष्ट्र सिक्किमका वासिन्दा थिए  सिक्किमआफ्नो छुट्टै अस्तित्व भएको नेपाली मुलका नागरिकको बसोबास रहेको राष्ट्र थियो 
जसको नेपालसंगको सम्बन्ध प्रगाढ थियो  तर कुनै समयको स्वतन्त्र राष्ट्र सिक्कम लोण्डुप दोर्जेकै गद्दारीका कारणभारतमा विलायो  अर्थात स्वतन्त्र सिक्कम भारतको कब्जामा गयो  त्यसैले पनि लेण्डुप दक्षिण एसियाकै राजनीतिमाइतिहासकै लाल गद्दारको रुपमा चिनिन्छन्  आफ्नै माटोप्रति गद्दारी गर्ने लेण्डुप देशद्रोह  गद्दारीको पर्याय थिए  को हुन लेण्डुप,यस्तो  लेण्डुपको गद्दारीको कथा 
धर्मगुरु थिए लेण्डुपः काजी लेण्डुप दोर्जेको जन्म सन् १९०४ मा पूर्वी सिक्किमको पाक्योङमा भयो   वर्षको उमेरमा उनीअध्ययनका लागि सिक्किमको चर्चित रुम्टेक गुम्बामा भर्ना भए  उनका आफ्नै सानोबुवा गुम्बाका प्रमुख थिए  त्यसबेलासिक्किमका राजा थिए टुल्कु नाम्ग्याल  उनी एकदिन रुम्टेक गुम्बा पुगे  त्यहाँ लेण्डुपलाई देखेर उनी प्रभावित भए त्यसपछि राजाले लेण्डुपलाई आफ्नो दरबार गान्तोक ल्याएर तिब्बती लामा स्कूलमा भर्ना गरिदिए 
१६ वर्षको उमेरमा लेण्डुपलाई पुन रुम्टेक गुम्बा पठाएर दुई वर्ष अत्यन्त कठोर अध्ययनमा लगाइयो  अध्ययनपछिलेण्डुपलाई नै गुम्बाको प्रमुख लामा पदमा नियुक्त गरियो  जुन पद उनले आठ वर्ष सम्हाले  लेण्डुपका दाजु फागछिरिङले दार्ज्लिङमा युवा वौद्ध एसोसिएसन खोलेका थिए  त्यसपछि रुम्टेक गुम्बाको प्रमुख लामा पद छाडेर सोएसोसिएसन सम्हाल्न लेण्डुप दार्ज्लिङ गए  दुवै दाजुभाइले मिलेर पूर्वी सिक्किममा स्कूल खोलेसामाजिक सुधारकाकाम थाले  जसबाट लेण्डुपको लोकप्रियता चुलिदै गयो 

धर्मगुरु हुदै नेता कसरी बने लेण्डुप : राजाले लेण्डुपलाई सजिलै चिन्थे  माया गर्थे  राजाकै माया पाएर होला उनीएकपछि अर्को काममा हौसिदै गए  स्वतन्त्र राष्ट्र सिक्किममा सन् १९४५ मा सिक्किम प्रजा मण्डल पार्टी खोलेअध्यक्षबने  १९५३ मा उनी सिक्किम स्टेट कांग्रेसमा मिसिएअध्यक्ष बने  लगत्तै उनी भारतको राजधानी नयाँ दिल्ली गएरतत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे 
त्यहाँबाट फर्किएर उनी राजतन्त्र विरोधी अभियान सुरु गर्न थाले  जुन राजाले उनको जीवन  परिचय बनाएकाजी पदवीदिलाए उनै राजालाई हटाउन लागि परे  त्यस अघि नै सिक्किमलाई भारतले आफ्नो सुरक्षा छाताभित्र लिइसकेको थियोतर विलय गर्न सकेको थिएन  विलय गर्न भारतलाई सिक्किममै देशद्रोही नेता चाहिएको थियो  जसको काम गरे लेण्डुपदोर्जेले 
१९६० मा सिक्किममा भएको आम चुनावमा लेण्डुपको पार्टीले १८ मध्ये आठ सिट जित्यो  उनलाई भारतले सहयोगगरिरहेको थियो  भारतले सिक्किममा लेप्चाभोटे  नेपाली भाषीलाई बेग्लाबेग्लै रुपमा उकासेर साम्प्रदायिक विभाजनगराइसकेको थियो  सिक्किममा जातीय द्वन्द्व  अस्थिरता बढाउन भारतले पुरै अस्त्र प्रयोग गर्र्यो 
सन् १९७३ को चुनावमा लेण्डुपको सिक्किम राष्ट्रिय कांग्रेसले ३२ मा मात्र सिट जित्यो  तर धाँधली भएको भन्दै भारतीयहस्तक्षेपमा पुन चुनाव गराएर लेण्डुपको पाटीलाई ३२ मध्ये ३१ सिटमा विजयी गराइयो  त्यसपछि उनी सिक्किमकाप्रधानमन्त्री भए  बहुमत भएपछि संसदले सिक्किमलाई भारतलाई विलय गर्ने निर्णय गर्यो  यो निर्णयसँगै सिक्किमलाईभारतले आफ्नो पुर्ण अधिनमा लियो  देशका प्रधानमन्त्री लेण्डुप भारतको प्रदेशका मुख्यमन्त्री बने 

विदेशी पत्नीको चलखेल  टक्कर : त्यसबेला सिक्किमका राजा चोग्याल पाल्देन थिए  उनकी पत्नी थिइन् होप कुक उनी अमेरिकी नागरिक थिइन्  उता लेण्डुपले चाहिँ स्कटिश पत्रकार तथा साहित्यकार एलिसा मारियासँग बिबाह गरेकाथिए  होप कुक सिक्किमको स्वतन्त्रता रक्षाका लागि चिन्तित थिइन् भने एलिसा मारिया भारतमा विलय गराउने पक्षमालाग्दै आएकी थिइन्  सिक्किमको त्यसबेलाको राजनीतिलाई यी दुई महिलाको टक्कर पनि मानिदै आएको  

लेण्डुपभन्दा पहिले एलिसा मारियाले दुई जनासँग बिहे गरिसकेकी थिइन्  लेण्डुप  एलिसा मारियाले सिक्किमकाआप्रवासी नेपाली भाषीहरुलाई साथ लिएका थिए  नेपाली भाषी आप्रवासीलाई साथ लिएर भारतसँग मिलेर पार्टी बनाए त्यसपछि दुई तिहाईभन्दा धेरै सिट संसदमा जिते अनि भारतमा विलय गराए  भारतमा विलयपछि भारतले लेण्डुपलाईज्वाईं सरह सम्मान दियोआर्थिक सहयोग दियो  उनको पार्टी पनि भारतीय राष्ट्रिय कांग्रेसमा विलय भयो 
विलयपछि सिक्किममा लेण्डुपले पूरै दमनको शासन चलाएर विद्रोहीहरुलाई निमिट्यान्न पार्न खोजे  विद्रोह पुर्ण रुपमादबाएपछी लेण्डुप पनि त्यत्ती चर्चामा आएनन्  त्यत्तीबेला त्यहाका राजालाई जेल हालियो 

यसरी पतन भयो गद्दार लेण्डुप दोर्जेकोः १९७९ मा भारतको प्रान्तको हैसियतमा भएको आमचुनावमा लेण्डुपको पार्टीलाईअस्तीत्व नै नरहने गरि भारतीय केन्द्र सरकारको योजनामा हराइयो  उनलाई सिध्याउन भारत सरकार नै लागेको थियो जब चुनाव सकियो त्यत्तीबेला लेण्डुपले आफुमाथी गद्दारी भएको थाहा पाए तर त्यत्तीबेला ढिलो भइसकेको थियो त्यसपछि उनी विक्षिप्त जस्तै बने  सिक्किमलाई भारतमा विलय गरकोमा पछुतो माने 
जनताले घृणा गर्नेभारत सरकार  भारतीय नेताहरुले जहाँ जे पनि गद्दारी गर्न सक्ने मान्छे भन्दै आलोचना गर्न थालेपछिउनी सिक्किम छाडे  पश्चिम बंगालको कालिङपोङमा उनलाई एउटा पूरानो  थोत्रो घर बस्नका लागि भारत सरकारलेदियो  सत्तामा पुग्न नपाएर विजोग भएपछि विदेशी पत्नी पनि उनलाई छाडेर हिँडिन् 
सन् २००७ मा कालिङपोङमा एकसय दुई वर्षको उमेरमा उनको निधन भयो  मरेपछि तत्कालीन भारतीय प्रधानमन्त्रीमनमोहन सिंहले उनलाई महान भारतभक्त भन्दै पद्मभूषण पदक दिने घोषणा गरे  सिक्किमलाई भारतमा विलय गराउनलेण्डुपले गरेको योगदानको प्रशंसा गरे  देश बेचेर सत्ताको शिखरमा आजन्म बस्छु भन्ने लेण्डुपको सपना कहिल्यै पुराभएन्  

स्रोत यो लेख अनलाईनमा आधारित अध्यानवाट साभार गरिएको हो

Comments